बैंककमा सम्पन्न पाँचौं हेरोइस अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङकी मरियम तामाङले गोल्ड मेडल जितिन


श्याम तामाङ,तामाङपेज,काठमाडौं ।

थाईल्याण्ड,बैंकक ।

पाँचौं हेरोइस अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार थाईल्यान्डको राजधानी बैंककमा सम्पन्न प्रतियोगितामा धादिङ खनियाँवास गाउँपालिका वडा नं.३ ब्युर्चेतकी मरियम फ्युबा तामाङले महिलातर्फको तेक्वान्दो कराँते खेलमा गोल्डमेडल सहित प्रमाणपत्र जित्न सफल भएकी छिन् ।

म्हेन्दोमाया कलाकार संघ धादिङका जिल्ला अध्यक्ष सन्दीप स्याम्चेन तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै पाँचौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङकी मरियम तामाङले गोल्डमेडल जित्न सफल भएको खबरले सारै खुशी लागेको यो नेपालको जित हो भन्नुहुँदै जित हासिल गरेकी मरियम तामाङले धादिङबेसींस्थित एडभान्स एकेडेमीमा तेक्वान्दो प्रशिक्षण प्रशिक्षार्थीहरुलाई दिईरहेको र अल्छिडाँडा डोजोको स्थापना गरेर प्रशिक्षकको कार्य गर्दै आईरहेको बताउनु भएको छ ।

तेक्वान्दो खेलाडी एवं प्रशिक्षक मरियम फ्युबा तामाङ ,पाँचौं हेरोइस अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा थाईल्याण्ड बैंककमा भाग लिन नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी थिईन।

प्रकाशित: समय: 10:43:20  708पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार