ह्योल्मो सोसाईटी अफ अमेरिकाद्वारा गुम्बा स्थापना,बौँद्धधर्मगुरु नम्खे ङिङपा रेम्पोर्छेबाट रब्ने सम्पन्न


अमेरिका,न्यूयोर्क । ह्योल्मो सोसाईटी अफ अमेरिकाले अमेरिकाको न्युयोर्कमा गुम्बाको स्थापना गरेको छ । अमेरिकामा  रहेका ह्योल्मोहरु र अन्य बौंद्ध धर्मलम्बिहरुको सहयोगमा स्थापित गुम्बाको सोमबार बौद्धधर्मका धर्मगुरु नम्खे ङिङपा रेम्पोर्छेले बौंद्धधर्मनुसार रब्ने ( प्राणिप्रतिष्ठा) मोलमपाठ गर्नु भएको छ ।

ह्योल्मो सोसाईटी अफ अमेरिका अध्यक्ष कर्म दोङपा ह्योल्मोले गुम्बा निर्माणमा सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुमा हार्दिक आभार सहित धन्यबाद ब्यक्त गरेका थिए। गुम्बाको रब्ने कार्यक्रममा न्युयोर्कमा ह्योल्मो तथा अन्य बौंद्ध धर्मलम्बिहरुको व्यापक सहभागिता रहेको थियो।

 

 

 

 

 

प्रकाशित: समय: 10:10:29  773पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार