सांसद सिलवालको नेतृत्वमा मुख्यमन्त्री पौडेलसहित प्रदेशका मन्त्रीहरुसँग भेट ,तत्काल बाढीपहिरो पीडितलाई राहत तथा अवरुद्ध मोटरबाटो निर्माण गर्न बजेट माग


श्याम तामाङ,तामाङपेज।

हेटौंडा,मकवानपुर ।

अबिरल बर्षातका कारण विशेष गरि राजधानीको तिनवटा जिल्लामध्येको ललितपुर ,त्यस्मापनि दक्षिण ललितपुरको जनजीवन बाढीपहिरोका कारण अस्तव्यस्त छ भने बाढीपहिरोले देशकै ७७ वटा जिल्लामध्ये मानविय क्षतिमा ६ जनाको मृत्यु भइ पहिलो जिल्ला बनेको ललितपुरका वासिन्दा बाढीपहिरोका कारण दैनिक जीवन यापन गर्न पनि गार्हो भइ रहेको अवस्थामा ललितपुर क्षेत्र नं.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवालको नेतृत्वमा गएको टोलिले सोमबार प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायत प्रदेश नं.३ का प्रदेश मन्त्रीहरुलाई सामुहिक प्रदेश नं.३ को मुख्य कार्यालय हेटौंडामा भेटघाट गरि तत्काल ललितपुर जिल्ला,विशेष गरि दक्षिण ललितपुरका बाढीपहिरोबाट ज्यान गुमाएका परिवार,घरबारबिहिन परिवारलाई तत्काल राहत र मोटरबाटोको निर्माण ,बाढीपहिरोबाट पीडितको लागि आवश्यक बजेटको तर्जुमा गर्न माग गरेका छन् ।

 

प्रतिनिधि सभाका सांसद सिलवालले आफ्नो नेतृत्वमा गएको टोलिले राखेको मागहरुप्रती मुख्यमन्त्री पौडेल सकारात्मक रहेको र प्रदेश नं.३ सरकारबाट ललितपुर र विशेष गरि दक्षिण ललितपुरका बाढीपहिरो पीडितहरुलाई राहत ,बाटोघाटो निर्माण जस्ता कार्यमा बजेटको व्यवस्था गर्ने कुरा भएको जनाउनु भएको छ ।

सांसद नवराज सिलवालसहित ललितपुरका प्रदेश सांसदहरु लालकुमारी पुन शुशिला,चेतनाथ संजेल,राजकाजि महर्जन,जीवन खड्का ,महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहाल,कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङ ,वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन तामाङ ,नेपाल कम्युनिष्ट पार्टी नेकपा ललितपुरका जिल्ला सदस्य कृष्णमान लामा,महाँकाल गाउँपालिका वडा नं.३ ,४,५ का वडाअध्यक्षहरु गंगाराम तिमल्सिना,शान्ताप्रसाद गौंतम,खोमप्रसाद दहाल,वाग्मती गाउँपालिका वडा नं.५,६,७ का वडाअध्यक्षहरु साजन दर्लामी मगर,लालबहादुर बम्जन तामाङ ,नवराज संजेल,गोदावरी नगरपालिका वडा नं. ४ र ८ का वडाअध्यक्षहरु मुकुन्द पहरी ,सुकुराम लामा लगायतको टोलि मुख्यमन्त्री पौडेल लगायतका मन्त्रीहरुलाई भेट्न हेटौंडा पुगेको थियो ।

बाढीपहिरोका कारण अझैपनि दक्षिण ललितपुरको जनजीवन अस्तव्यस्त रहेको छ ।

तस्बिर :

राजेन्द्र न्यौंपाने ।

 

 

प्रकाशित: समय: 8:22:10  768पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार