श्याम तामाङ,तामाङपेज ।
ललितपुर । दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने मुल नाराकासाथ स्थापित ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले आउँदो श्रावण १७ गते बिहान १० बजे महालक्ष्मी नगरपालिका वडा नं.१ को वडा कार्यालय सभा हलमा रजत वर्षको अवसरमा सम्पत्ति सुद्धिकरण निर्देशिका-२०७४,सहकारी नियमावली-२०७५ तथा सदस्य संस्थाबीच अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी उपाध्यक्ष लक्ष्मी शाक्यले संघको महालक्ष्मी नगरपालिका समन्वय उपसमितिको आयोजनामा हुने उक्त कार्यक्रममा सहभागिताको लागि सहकारीकर्मी दाजुभाई तथा दिदिबहिनी एवं सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोध सहित निमन्त्रणा समेत गरेकी छिन् ।