रोजिना महर्जनको उत्कृष्ट मौलिक गीत “घलेकिको छेउ भिजाउँदै”……………


पछिल्लो समयमा नेपाली लोक गीत संगीतले विश्व बजारमा अत्यन्तै राम्रो चर्चा पाइरहेको छ।

केही समय देखि निरन्तर निकै संघर्ष मेहनत तन मन जीवन गीत संगीतलाई दिएर सक्रिय भएर अगाडी आउँदै गरेका बहुप्रतीभाको धनी दुर्गा बिरही आफैमा सर्जक,गायक,मोडल, निर्देशक हुन् । यो समयमा बिरही दिनदिनै चर्चामा आइरहेको छ ।

यहि क्रममा बिरहिको उत्कृष्ट शब्द र सङ्गित रहेको नव गायिका रोजिना महर्जनको पहिलो कोसेलि अत्यन्तै मौलिक गीत घलेकिको छेउ भिजाउँदै सार्वजनिक भएको छ ।

झलक सङ्गीतमको निर्देशनमा रहेको गितका नुना बिसि, शंकर सुनार ,पुर्णिमा बिसि र अर्जुन विश्व आभासको अभिनय रहेको छ ।

बिरेन्द्र परियाले छायांकन गरेको गीतमा कोरियरग्राफ मिलन दङगालि ले गरेका छन् ।

आत्म विस्वाश फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको भिडियोको सम्पादन बिस्ट प्युठानिले गरेको छ । गीतको सुरताल रेकर्डिङ स्टुडियोमा अडियो रेकर्डिङ भएको छ । गीतको एरेन्जर रमेश सेन्चुरीले गरेको छ ।

पातिले बारेको घर , के छ कोसेलि , बादलु को घुम्टो, तिखु, छितिज पारि लगायत दर्जनौ गित ले प्रख्यात भएका दुर्गा बिरही केहि समय पहिला निकै चर्चामा आएको गित पातिले बारेको घरले दर्शकको मन निकै जितेको थियो ।

प्रकाशित: समय: 22:36:09  733पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार