तामाङपेज संवाददाता।
क्वालालम्पुर, मलेसिया।
किराँत याक्थुङ्ग चुम्लुङ्ग प्रबास शाखा मलेसियाले लामो समय पश्चात् आफ्नो संगठनलाई पूनर्गठन गर्ने भएको छ। केही समय अघि मलेसियाको भ्रमणमा रहेका किराँत याक्थुङ्ग चुम्लुङ्गका केन्द्रीय सचिब डा.योगेन्द्र बालुवालाई भेट गर्ने क्रममा चुम्लुङ्ग बारे बृहत् छलफल भएपछी पूनर्गठनको माहोल बनेको हो।
उक्त अधिबेशनका लागि चुम्लुङ्गका पूर्ब अध्यक्ष संयोजक रहने गरि १० सदस्यीय नयाँ भेला आयोजक समिति गठन गरेको संयोजक कृष्ण आङ्देम्बेले बताए। पुरानो समितिलाई विघटन गर्दै आगामी सेप्टेम्बर-२९ तारिक क्वालालम्पुरको फाइभ एलिमेन्ट होटेलमा अधिबेशन गर्ने घोषणा गर्दै तदार्थ समिति समेत गठन भएको छ।
मलेसिया चुम्लुङ्गका पूर्ब अधिकारीहरु सबै नेपाल गए पछि लामो समय सम्म नेतृत्व बिहिन अवस्थामा रहेको चुम्लुङ्गलाई पून निरन्तरता दिन पूनर्गठन गर्न लागिएको आङ्गदेम्बेले जानकारी दिएका छन् । विशेषगरी लिम्बूहरुको मौलिक संस्कृति,धर्म,भाषा,रिती रिवाज र रहन-सहनलाई उत्थान र प्रबर्द्धन गर्नेमा चुम्लुङ्गको मुख्य भूमिका रहेको छ।
-मलेसिया याक्थुङ्ग चुम्लुङ्ग तदार्थ समितिहरुको नामावली निम्नलिखित छ।
१.संयोजक-कृष्ण आङ्देम्बे
२.दील कुमार केरुङ्ग
३.जीतमान लिम्बू
४.याम लिम्बू
५.दुर्गा लिम्बू
६.प्रकाश मान लिम्बू
७.शन्त लिम्बू
८.कमला लिम्बू
९.दील कुमार तुम्रोक लिम्बु
१०.दीप खादिहाङ्ग लिम्बु