गोदावरीखोला क्षेत्र सरसफाई अभियानको २१ औं शृङ्खला टुपिखेलमा सम्पन्न


तामाङपेज संवाददाता ।

ललितपुर । महिला तथा बालबालिकाहरुको पहलमा प्रत्येक साताको आईतवार बिहान १० देखि ११ बजेसम्म साप्ताहिक रुपमा हुँदै आएको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानको २१ औं शृङ्खला गोदावरी खोलाको टुपिखेलमा आईतबार सम्पन्न भएको खबर प्राप्त भएको छ ।

गोदावरीखोला क्षेत्र सरसफाई साप्ताहिक अभियानका अभियन्ता दिलेन्द्र थापाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै नियमित रुपमा हुँदै आएको सरसफाई अभियानमा गोदावरी नगरपालिका वडा नं.२ का वडाअध्यक्ष देबेन्द्रकुमार बस्नेत ,युवा नेता युवराज थापा,शिक्षिका रेजी सिलवाल ,स्थानिय वासिन्दाहरु,महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरीहरु,वाग्मती सरसफाई ,गोदावरीखोला क्षेत्र सरसफाईका अभियन्ताहरु, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

अभियन्ता थापाकानुसार आईतबार गोदावरीखोला टुपिखेलमा सम्पन्न अभियानमा वाग्मती खोला सरसफाई अभियन्ताहरु चक्रबहादुर चन्द,चित्र सुनुवार,शेखर केसि क्षेत्री र नरेन्द्र श्रेष्ठ रहेका थिए ।

ललितपुरको गोदावरीखोला क्षेत्र अभियानका मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापा,अभियन्ताहरु: नारायणी पाण्डे,चेतन के.सी.,मन्जु भट्टराई,कुन्ता थापा,सावित्री विष्ट थापा,पिङकी अग्रवाल खनाल,रन्जिता श्रेष्ठ थापा,आष्मा थापा,तारा खड्का ,अम्बिका लिम्बू,सुबोध थापा,राजकुमार केसि,दिलिप थापा,प्रशान्त थापा ,एन.बी.लिम्बू,शेखर गिरि लगायत स्थानिय दाजुभाई तथा दिदिबहिनिहरुको व्यापक सहभागितामा सम्पन्न भएको जनाएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 23:01:32  696पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार