श्याम तामाङ,तामाङपेज ।
ललितपुर ।
बडीखेल डोजोमा आई.डब्लु.एफ.एन.कराँतेका प्रमुख प्रशिक्षक बुद्धराज नेगी तामाङ,केन्द्रीय टेक्निकल समितिका अध्यक्ष एवं प्रशिक्षक चिन लामा,कराँते प्रशिक्षक सनम थिङ तामाङ,संघर्ष पहरीको उपस्थितिमा पेटी परीक्षा लिईएको हो ।
परिक्षामा २० जना खेलाडीहरुको सहभागिता रहेको थियो। परिक्षामा उतिर्ण खेलाडीहरुलाई बेल्ट तथा प्रमाणपत्र शनिबार एक समातोहकाबीच प्रदान गरिएको थियो ।
गोदावरी नगरपालिका वडा नं.४ बडीखेलका वडाअध्यक्ष एवं कराँतेका प्रशिक्षक मुकुन्दबहादुर पहरीको संरक्षत्वमा बडीखेल शाखा डोजो स्थापना र कराँते खेल संचालन भई रहेको छ ।
पहरी समुदायको बाहुल्यता भएको बडीखेलमा पहरी समुदायको खेलाडीको बाहुल्यता रहेको छ । प्रशिक्षक चीन लामाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै नि: शुल्क रुपमा कराँते प्रशिक्षण ,खेल सामग्रीहरुको व्यवस्था गरि डोजो संचालन गर्दै आईरहेको बडीखेलका खेलाडीहरुले विभिन्न स्तरका प्रतियोगिताहरुबाट पदक समेत जित्न सफल भैंसकेका छन् ।
केही महिना अघि बडीखेल डोजोको आयोजनामा प्रथम वडाअध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भएको थियो ।