वाग्मती गाउँपालिकास्थित माल्टाका गायक सरोज र गायिका सम्झनाको कम्मरको पटुकी म्युजिक भिडियो सार्वजनिक


श्याम तामाङ ,तामाङपेज ।

ललितपुर ।

वाग्मती गाउँपालिका वडा नं.२ माल्टास्थित पाहाखोलाका गायक सरोज थिङ तामाङ र गायिका सम्झना राना स्याङतान तामाङको स्वरमा रहेको लोक दोहोरी गित कम्मरको पटुकी म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गितमा शब्द,लय रमेशराज बराईलीको र सो म्युजिक भिडियोको निर्माणको लागि डोल्मो लोप्चनको विशेष सहयोग रहेको बताएका छन् ।

गायक सरोज थिङ तामाङले नेपाली गित संगितमा लाकुरीको छायाँले ,जोवन साँचेर,नाई नाई नभन काली जस्ता लोकदोहोरी गीतसमेत ल्याई सकेको तामाङपेजसँगको सम्पर्कमा बताउनु भएको छ ।

गायक सरोज थिङ र गायिका सम्झना राना स्याङतान तामाङको कम्मरको पटुकी म्युजिक भिडियो हेर्नुहोला……..

प्रकाशित: समय: 0:36:54  1013पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार