आई.डब्लु.एफ.एन.कराँतेका खेलाडीलाई बेल्ट तथा प्रमाणपत्र प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१४ ठैंवमा रहेको ब्लु वर्ड स्कुलको आई.डब्लु.एफ.एन.कराँतेको ग्रेडिङ परिक्षामा उतिर्ण हुने खेलाडीहरुलाई आई.डब्लु.एफ.एन.का केन्द्रीय सचिव सुमन लामाको प्रमुख आतिथ्यमा खेलाडीहरुलाई बेल्ट तथा प्रमाणपत्र शनिबार एक भब्य समारोहकाबीच प्रदान गर्नु भएको छ ।

संचारकर्मी प्रकाश थिङले तामाङपेजसँग कुराकानी गर्नुहुँदै सो समारोहमा आई.डब्लु.एफ.एन.का केन्द्रीय सदस्य तथा प्रमुख प्रशिक्षक बुद्धराज नेगी तामाङ,आई.डब्लु.एफ.एन.कराँतेका ललितपुर अध्यक्ष प्रबिण स्याङतान,प्रशिक्षक एवं केन्द्रीय टेक्निकल समितिका अध्यक्ष चीन लामा,प्रशिक्षक सुमन तामाङ,वाग्मती मार्शल आर्ट सेन्टरका सचिव प्रकाश तामाङ लगायतका विभिन्न तपतहका प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा आई.डब्लु.एफ.एन.कराँतेका विभिन्न तहमा उतिर्ण ४५ जना खेलाडी,उत्कृष्ट खेलाडीहरु राज थापा र विद्या जिरेललाई प्रमाणपत्र तथा बेल्ट प्रमुख अतिथि एवं कराँतेका केन्द्रीय सचिव लामाले प्रदान गरेका थिए।

कार्यक्रम ब्लु वर्ड स्कुलका प्रधानध्यापक चन्द्रशिखर सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: समय: 0:03:41  579पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार