दोश्रो म्हेन्दोमाया साँझ आउँदो १६ अगष्टमा कतारको सनैंयामा बिहान १० बजे हुने


तामाङपेज संवाददाता ।

कतार । नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज कतारको आयोजनामा आउँदो सन्  २०१९ अगष्ट १६ तारिख शुक्रबारका दिन बिहान १० बजे अल डल्ला ड्राईभिङ स्कुल( सनैंया)मा हुने दोश्रो म्हेन्दोमाया साँझ -२०१९ हुने भएको छ ।

म्हेन्दोमाया समाज कतारकानुसार नेपालबाट आमन्त्रित कलाकारहरु चर्चित म्हेन्दोमाया गायिका सीता लामा ,चर्चित सेलो गायिका बबिता पाख्रीन तामाङ ,चर्चित गायक आशिक गोङबो तामाङ,नेपाल प्रवासी तामाङ समाज कतार,म्हेन्दोमाया समाज कतार र नेपाल तामाङ कलाकार संघ दोहा कतारका कलाकारहरुको बेजोड प्रस्तुति रहने भएकाले दोहा,कतारमा कार्यरत तामाङ तामाङ तथा गैंर तामाङ दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितको लागि आयोजक संस्था म्हेन्दोमाया समाज कतारले अनुरोध सहित निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 23:20:38  394पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार