बाढीपहिरोबाट अवरुद्ध घुसेल जाने मोटरबाटो आज जौंबारीदेखि खन्न शुरु,भोलि बेलुकासम्ममा म्हाने गाउँ पुग्ने


तामाङपेज संवाददाता ।

ललितपुर । अविरल वर्षातका कारण पहिरो गइ दुई सातादेखि अवरुद्ध जौंबारीदेखी घुसेलसम्मको मोटरबाटो लेले टिकाभैरब-देविचौंर-घुसेल सडक उप-आयोजनाले शनिबारदेखि खन्न शुरु गरेको छ ।

वाग्मती गाउँपालिका प्रेस संयोजक दीपक घिमिरे समिरका अनुसार अवरुद्ध मोटरबाटो पहिरो पन्छाई कार्य गर्नको लागि वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन ,वाग्मती -१ घुसेल वडाअध्यक्ष जगतबहादुर लो ,आयोजनाका कर्मचारी ,डोजरका चालकहरू ,नेपाल तामाङ घेदुङ वाग्मती अध्यक्ष श्याम लामा लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष लोप्चनले आयोजनाका कर्मचारीहरुलाई छिटो कार्यसम्पन्न गर्नको लागि निर्देशन दिनु भएको र स्थानिय वडाका वासिन्दाहरुलाई पनि मोटरबाटो संचालन गर्नको लागि साथ दिन अनुरोध गर्नु भएको जनाएका छन् ।

तामाङपेजसँग शुक्रबार घुसेलका वडाअध्यक्ष जगतबहादुर लो तामाङले वर्षातका कारण घुसेलका वडावासीहरुले सास्ति भोग्न बाध्य भएको ,दैनिक दिनचर्या यापन गर्न गारो भएको जानकारी गराएका थिए ।

गाउँपालिका प्रेस संयोजक घिमिरेले मौंसम सफा रह्यो भने जौंबारीदेखिम्हाने गाउँसम्मको मोटरबाटो मर्मत सुधार गरि संचालन गर्न सकिने बताउनु भएको छ।

तस्बिर : दीपक घिमिरे समीर ।

 

 

 

 

 

प्रकाशित: समय: 22:48:38  648पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार