दलित समाज उत्थान समिति नेपाल धनुषाको कार्यक्रम जनकपुरमा


तामाङपेज संवाददाता ।

धनुषा । दलित समाज उत्थान समिति नेपाल धनुषाको आयोजनामा जनकपुरमा युवा लक्षित कार्यक्रमको दोश्रो युवा जागरुकताबारे प्रशिक्षण शनिबार सम्पन्न भएको छ ।

सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता(SCDP)युएनडिपिको सहयोगमा संचालित उक्त युवालाई लक्षित गरिएर संचालन गरिएको प्रशिक्षणको दोश्रो कार्यक्रममा मोनास्टिक स्कुलका कार्यकारी निर्देशक डा.सोनु कुमारले मुख्य प्रशिक्षकको भुमिका खेल्नु हुँदै जीवन उपयोगी ,अनुभव,दक्षता,गुणस्तर,गर्न सक्ने क्षमताको विकास,जोश ,सोच लगायतका सवालमा  मानव जीवनमा उपयोगी शिक्षाबारे प्रशिक्षण दिनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य युवा संजालका संयोजक एवं जनकपुर सरसफाईकी मुख्य अभियन्ता रुबीकुमारी झाले स्वागत मन्तब्य र कार्यक्रमको संचालन युवा संजालका सह संयोजक अमन यादवले गरेका थिए।

सो कार्यक्रम दलित समाज उत्थान समिति नेपाल धनुषाका अध्यक्ष सुनिल ठाकुरको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

 

 

प्रकाशित: समय: 21:56:52  1124पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार