म्हेन्दोमाया कलाकार संघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा सन्दीप स्याम्चेन तामाङसहित निर्विरोध निर्वाचित


तामाङपेज संवाददाता ।

धादिङ। म्हेन्दोमाया कलाकार संघ धादिङको प्रथम जिल्ला अधिवेशन शनिबार समाजका केन्द्रीय अध्यक्ष राजकिङ वाईवा तामाङ,वाईवा समाजका केन्द्रीय अध्यक्ष विगेन्द्रसिंह वाईवा तामाङ ,म्हेन्दोमाया समाजका केन्द्रीय महासचिव राम गोम्जा,सचिव युवी मोङग्रेसा लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यमा सम्पन्न भएको छ ।

अधिवेशनले म्हेन्दोमाया कलाकार संघ धादिङको जिल्ला अध्यक्ष सन्दीप स्याम्चेन,प्रथम उपाध्यक्ष विकल लामा,उपाध्यक्ष माया थोकर तामाङ,सचिव मेलिना तामाङ,सहसचिव मोहनसिं वाईवा तामाङ,कोषाध्यक्ष टीकामाया चोथेन तामाङ,सदस्यहरु सृष्टि थोकर,दीलकुमार पङचथेन,मनोज तामाङ (पुर्ण)दीप थोकर र मिना तामाङलाई निर्विरोध निर्वाचित गरेको छ ।

संघले म्हेन्दोमाया गीतको संरक्षण ,सम्बर्द्धन र यस गीतको प्रबर्द्धनको निमित्त कलाकारहरुलाई संघमा आवद्ध गरि लाने कार्यलाई अगाडी बढाउँदै आएका छन् ।

 

 

 

 

 

 

प्रकाशित: समय: 19:26:48  667पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार