तामाङ सहायता समाजको बैठक सम्पन्न,संस्थाको साधारण सभा भाद्र ७ गते हुने


तामाङपेज संवाददाता ।

काठमाडौं । तामाङ सहायता समाजको नियमित बैठक एस.आर.पार्टी प्यालेस ,धुम्बाराही ,काठमाडौंमा शनिबार समाजका अध्यक्ष योगेन्द्र रुम्बाको अध्यक्षतामा सम्पन्न भएको छ ।

समाजका प्रतिनिधि राजेन्द्र लामाकानुसार सम्पन्न बैठकले यही आउँदो भाद्र ७ गते तामाङ सहायता समाजको साधारण सभा गर्ने ,नयाँ कार्य समितिको औंपचारिक रुपमा घोषणा गर्ने निर्णय भएको जनाएका छन् ।

 

बैठकमा समाजका प्रमुख सल्लाहकार ई.देवराज तामाङ,सल्लाहकारहरु: टेकराज स्याङतान,तिलक तामाङ,चन्द्रबहादुर तामाङ,हेमबहादुर तामाङ,हेमबहादुर रुम्बा,कृष्णबहादुर रुम्बा ,वीरबहादुर तामाङ,कार्यसमितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित: समय: 14:28:32  504पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार