सिन्धुपाल्चोककी सिम्रन मोक्तानको शब्द ,संगित रहेको अनोज लामाको पहिलो प्रस्तुति सुनकोशी मेलाको अडियो गित सार्वजनिक


तामाङपेज संवाददाता ।

काठमाडौं ।

लामो समयदेखि साहित्यको लेखनमा लागि परेकी सिन्धुपाल्चोककी सिम्रन मोक्तान तामाङको शब्द र संगित रहेको ,अनोज लामाको पहिलो प्रस्तुति तामाङ सेलोमा आधारित सुनकोशी मेला नामक गितको अडियो केही दिन अघि मात्र युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

उक्त गितमा चर्चित गायिका शशिकला मोक्तान,गायक विशाल पाख्रीन तामाङको स्वर रहेको छ भने एरेन्जर जोगलाल लामा ,सम्पादन दिपेश प्रधानले गरेका छन् ।

सुनकोशी मेला तामाङसेलोमा आधारित गित रहेको छ ।

शब्द तथा संगित सिम्रन मोक्तान तामाङको र अनोज लामाको पहिलो प्रस्तुति रहेको सुनकोशी मेला नामक गित सुन्नुहोस ……….

प्रकाशित: समय: 13:36:51  696पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार