तिनखोले गुम्बामा हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाद्वारा सरसफाई अभियानको १० औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

चितवन ।

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाद्वारा चितवन जिल्लाको तिनखोले गुम्बा आसपासमा सरसफाई अभियानको १० औं शृङ्खला सम्पन्न भएको जनाएका छन् ।

संस्थाले नियमित रुपमा प्रत्येक साताको शनिबार बिहान ७ देखि ८ बजेसम्म हप्ताको एक घण्टा सचेतनामुलक सरसफाई अभियान गर्दै आएको तामाङपेजसँग कुराकानी गर्नुहुँदै कार्यक्रम संयोजक सुबिन बगालेले शनिबार गुम्बा वरिपरि गरिएको सरसफाई अभियानमा हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाका अध्यक्ष वसन्त गैंरे,उपाध्यक्ष अरुण पौंडेल ,सरसफाई अभियन्ताहरु र स्थानियवासी दाजुभाई,दिदिबहिनिहरुको सहभागितामा सरसफाई अभियान सम्पन्न भएको बताउनु भएको छ।

प्रकाशित: समय: 10:54:17  461पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार