काङ्ग्रेसका युवा नेता सुदर्शन घिमिरेद्वारा धापाखेलका पहिरो पीडितलाई सहयोग प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

ललितपुर महानगरपालिका वडा नं.२४ धापाखेल पिपलबोट चौंतारा आसपासमा बसोबास गर्ने वासिन्दाहरुको अविरल वर्षातका कारण पहिरो गइ १० घरका वासिन्दा बसोबास गर्न समस्या भएको शनिबार स्थलगत रुपमा निरिक्षण ,अध्ययन गर्नु भएका नेपाली काङ्ग्रेसका युवा नेता एवं नेपाल शिक्षक संघका पुर्व राष्ट्रिय उपाध्यक्ष सुदर्शन घिमिरेले जनाएका छन् ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै काङ्ग्रेस नेता घिमिरेले पहिरो पिडितहरुलाई व्यवस्थापन गर्नको लागि स्थानिय समाजसेवी गीता न्यौंपानेलाई पहिरो पीडितहरुलाई व्यवस्थापन गर्न नगद रु.१२ हजार १ सय ५१ रुपैयाँ प्रदान गरेको तत्काल ती पहिरो पीडितहरुलाई स्थानिय सरकार,सरोकारवाला निकायहरुले सहयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

धापाखेल आसपासमा स्थलगत पहिरो गइ क्षतिग्रस्त स्थलको अनुगमनमा एवं निरिक्षणमा नेपाली काङ्ग्रेसका युवा नेता सुदर्शन घिमिरे,नेपाल विद्यार्थी संघ ललितपुर जिल्ला सदस्य सुजन संजेल,नेपाली काङ्ग्रेस धापाखेल वडा सभापति देवराज लामिछाने ,उपसभापति उमेश केसि,नेपाल तरुण दल जिल्ला सदस्य किशोर गिरि ,नेपाल तरुण दल महाँकाल गाउँपालिका सचिव सन्तोष बन्जारा लगायतका नेता एवं स्थानिय वासिन्दाहरुको सहभागिता रहेको जनाएका छन् ।

 

प्रकाशित: समय: 10:25:23  979पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार