२५ औं विश्व आदिवासी दिवस तथा बहुल जातिय सांस्कृतिक साँझ अगष्ट ९ तारिखमा बहराइनमा हुँदैं


तामाङपेज संवाददाता ।

बहराइन । नेपाल आदिवासी जनजाति महासंघ बहराइनको आयोजनामा २५ औं विश्व आदिवासी दिवस तथा बहुल जातिय सांस्कृतिक साँझ -२०१९ आउँदो अगष्ट ९ तारिख शुक्रबारका दिन डेल्मन इन्टरनेशनल होटलमा साँझ ६ बजे हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघसँग आवद्ध जातिय संस्था मध्येको एक संस्था बहराइन तामाङ सेवा समाजका अध्यक्ष एवं सामाजिक अभियन्ता सोनम दोङ तामाङकानुसार श्रेयासी चेम्जोङ नेपाल म्युजिक अवार्ड -२०७५ र निलिमा थापामगर नेपाल आईडल सेसन-२ विजेताहरुको साथमा विभिन्न आदिवासी भेषभुषा तथा मौलिक नृत्यहरु लगायत राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतिमा विश्व आदिवासी दिवस मनाउन लागिरहेको जनाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको आयोजना र बहराइनमा रहेका ६ वटा जातिय संस्थाहरुको सह आयोजनामा हुने उक्त समारोहमा उपस्थितिको लागि बहराइनमा रहनु भएका आदिवासी जनजाति तथा अन्य नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई निमन्त्रणा समेत गरेको छ ।

प्रकाशित: समय: 7:42:17  468पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार