गोदामचौंरस्थित श्री रिदवन एकेडेमी सेकेण्डरी स्कुलमा स्वास्थ्य ,सरसफाई र फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न


श्याम तामाङ,ललितपुर ।

गोदावरी नगरपालिका वडा नं.१ गोदामचौंरस्थित श्री रिदवन सेकेण्डरी स्कुलमा गोदावरी खोलाक्षेत्र सरसफाई अभियानले शुक्रबार स्कु प्राङ्गणमा विद्यार्थी ,शिक्षक ,शिक्षिका,अभियन्ताहरु र सरोकारवालाहरुबीच स्वास्थ्य,सरसफाई र फोहोर व्यवस्थापपन विषयक विद्यालय स्तरिय जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा श्री रिदवन सेकेण्डरी स्कुलका अध्यक्ष राजु पुकुर्टी,वाग्मती सरसफाई अभियन्ताहरु चित्र सुनुवार,उत्तम पुडासैनी,माला खरेल,प्रमिला पौंडेल,नेपाल रेडक्रस सोसाईटी गोदामचौंर उपशाखा सभापति नन्द श्रेष्ठ ,पाटन अस्पताल नर्स भावना अधिकारी,सुनिमित महत,आलोक नगरसर सफाई अभियान संयोजक प्रमिला पौंडेल,सन्नी गर्ल बजार निर्देशक सबिन श्रेष्ठ ,युवा नेता युवराज थापा लगायतको सहभागिता रहेको थियो ।

गोदावरी खोला क्षेत्र सरसफाई अभियानले महिला एवं बालबालिकाहरुको पहलमा प्रत्येक साताको आईतबार बिहान १० देखि ११ बजेसम्म साप्ताहिक सरसफाई अभियानको २० औं शृङ्खला सम्पन्न गरेको छ भने यो विद्यालयस्तरको तेश्रो जनचेतनामुलक कार्यक्रम हो।

अभियानको सचेतनामुलक कार्यक्रममा विद्यार्थी ,शिक्षक,शिक्षिका ,अभियन्ताहरु,सरोकारवालाहरुबीच विशेष गरि फोहोरको वर्गीकरण ,व्यवस्थापन,कानुनी ,जरिवाना ,स्वास्थ्य ,सरसफाईको भुमिकाबारे विषयगत सवालमा चर्चा,परिचर्चा,अभ्यासमुलक सरसफाई अभियान समेत भएको कुरा गोदावरी खोला क्षेत्र सरसफाईका अभियन्ता दिलेन्द्र थापाले तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।

गोदावरी खोलाक्षेत्र सरसफाई अभियानका मुख्य अभियन्ता एवं संयोजक बेबी राजभण्डारी थापा,अभियन्ताहरु : रन्जिता श्रेष्ठ ,कुन्ता थापा,मन्जु भट्टराई ,तारा खड्का ,विन्जु थापा,नारायणी पाण्डे,अम्बिका लिम्बू,पिन्की खनाल,दिलिप थापा,राजकुमार केसि,सावित्री थापा,एन बि लिम्बू,प्रशान्त थापा,रिता गयान ,चेतन कार्की ,शेखर कार्की लगायतका अभियन्ताहरु र सरोकारवालाहरुको सहभागितामा एक दिने स्वास्थ्य,सरसफाई र फोहोर व्यवस्थापन विषयक विद्यालय स्तरिय जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

 

 

प्रकाशित: समय: 22:29:07  716पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार