महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानको १७ औं शृङ्खला सम्पन्न


तामाङपेज संवाददाता ।

कास्की । हाम्रो रहर सफा र सुन्दर शहर भन्ने मुल नाराकासाथ १७ औं महेन्द्रपुल बजार सफाई तथा जागरण अभियान शुक्रबार सम्पन्न भएको छ।

पोखराबाट सरसफाई अभियन्ता ईन्द्रकमल मानन्धरकानुसार महेन्द्रपुल बजार सफाई तथा जागरण अभियानमा पोखरा महानगरपालिका वडा नं.४ वडाअध्यक्ष शंकर बास्तोला,पोखरा उपत्यका बृहत् सफाई अभियानका संयोजक रामबहादुर पौंडेल,पोखरा महानगरपालिका वडा नं.९ वडासचिव लोकदर्शन कोईराला,महेन्द्रपुल युथ क्लब अध्यक्ष विष्णु कायस्थ,महेन्द्रपुल तायामचा नृत्य प्रतियोगिता अध्यक्ष मानकाजी माकाजु,क्लबका सदस्यहरु ,सरसफाई अभियन्ताहरु लगायत दिदिबहिनी तथा दाजुभाईहरुको व्यापक सहभागीता रहेको जनाएकी छिन् ।

 

 

प्रकाशित: समय: 21:29:37  461पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार