अविरल वर्षातले घुसेलमा यातयात अवरुद्ध,स्थानिय वासिन्दालाई सास्ति,पाँचघर जोखिममा रहेको वडाअध्यक्ष जगतबहादुर लो तामाङद्वारा जानकारी


तामाङपेज संवाददाता।

ललितपुर ।

वाग्मती गाउँपालिकामा रहेका घुसेल,माल्टा,भट्टेडाँडा,प्युटार,इकुडोल,आश्राङ र गिम्दी वडाहरु रहेका छन् ।

यस गाउँपालिकामा माल्टा र गिम्दिका दुईजना नागरिकले ज्यान बाढीपहिरोका कारण ज्यान गुमाएका थिए भने बाढीपहिरोमा यात्रा गर्ने क्रममा भट्टेडाँडा भालुखोलाको पहिरोमा ढुंगाले टाउकोमा लागेर असार २६ गते प्युटारका कान्छा घले सख्त घाईते भएको छ ।

हाल सख्त घाईते घलेको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइ रहेको नीजको उपचार्थ वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँपालिकाको तर्फबाट रु.१ लाख आर्थिक सहयोग केही दिन अघि प्रदान गरेको वाग्मती गाउँपालिका प्रबक्ता एवं वाग्मती-३ भट्टेडाँडाका वडाअध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।

गाउँपालिका भित्र रहेका वडाहरुमध्ये वाग्मती -१ घुसेलमा भने दुई हप्तादेखि गोदावरी नगरपालिकाको देवीचौंरको जौंबारीदेखि घुसेलसम्म बाढीपहिरोका कारण यातयात अवरुद्ध हुँदा स्थानिय वासिन्दाले सास्ति भोग्नु परेको तामाङपेजसँग कुराकानी गर्नुहुँदै वडाअध्यक्ष जगतबहादुर लो तामाङले बताउनु हुँदै बर्षातले पहिरो जाँदा तीनपाने भन्ज्याङदेखि राडारसम्म जाने मोटरबाटो अवरुद्ध भइ रहेको बताउनु भयो ।

वाग्मती गाउँपालिका र ठेक्का लिएको कन्स्ट्रक्सन कम्पनीले केही दिनपछि अवरुद्ध मोटरबाटोको निर्माण ,मर्मत सुधार ,अवरुद्ध मोटरबाटो खुलाउन प्रयास भइ रहेको ,घुसेलमा साबिकको घुसेल गाउँ विकास समितिको वडा नं १ देखि ३ नं.वडाका पाँचघर वडावासिको बाढीपहिरोले जोखिममा रहेको वडाअध्यक्ष जगतबहादुर लो तामाङले जनाए ।

दुई वर्ष अघि सम्पन्न स्थानिय तहको निर्वाचनमा वडाअध्यक्ष जगतबहादुर लो तामाङ, वडा सदस्यहरु रामजी गौंतम,आशिष ब्लोन तामाङ,संगिता नेपाली,मैयाँ दुलाल नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

 

 

 

 

 

 

प्रकाशित: समय: 15:05:48  699पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार