तामाङपेज संवाददाता।
ललितपुर । अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आउनु भएकी समाजसेवी सजना महर्जनले नेपाल रेडक्रस सोसाईटी ठैंव उपशाखाले संचालन गरेको पानीजन्य रोग सम्बन्धि सचेतना कार्यक्रमको लागि हातधुने साबुन बुधबार प्रदान गरेका छन् ।
समाजसेवी महर्जनले सो साबुन खरिद गर्न आर्थिक सहयोग ४ हजार ५ सय प्रदान गरेको र उक्त रकमबाट ३ सय थान हातधुने साबुन खरिद गरेर प्राप्त गरेको नेपाल रेडक्रस सोसाईटी ठैंव उपशाखाका सभापति हरि महर्जनले जानकारी दिनु भएको छ ।
समाजसेवी सजना महर्जन ,अमेरिका न्युयोर्कमा बसोबास गर्दै आउनु भएकी छिन् ।