सांसद एवं पुर्व गृहराज्यमन्त्री श्रेष्ठद्वारा दोरम्बाकी क्यान्सर पीडित धनमाया तामाङलाई आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता ।

भक्तपुर ।  रामेछाप दोरम्बा गाउँपालिका वडा नं.७ की स्थायी वासिन्दा ,नेतृ एवं दोरम्बा गाउँपालिका कार्यपालिका सदस्य विगत लामो समयदेखि क्यान्सरले ग्रस्त धनमाया थिङ तामाङको उपचारका निमित्त रामेछाप जिल्ला प्रतिनिधि सभाका सांसद एवं पुर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले  शुक्रबार भक्तपुर क्यान्सर सेन्टर ताँथलीमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

सांसद एवं पुर्व गृहराज्यमन्त्री श्रेष्ठ लगायतका सहयोगी दाताहरुबाट संकलन गरिएको आर्थिक सहयोग रु.१ लाख ६२ हजार ५ सय ५ रुपैयाँ उपचारका निमित्त क्यान्सर पीडित धनमाया थिङ तामाङलाई सहयोगी दाताहरुको रोहवरमा शुक्रबार प्रदान गरेको हो ।

सो आर्थिक सहयोग रकम सांसद एवं गृहराज्यमन्त्री श्रेष्ठ,दोरम्बा,सुनापतिगाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडाअध्यक्षहरु ,वडा सदस्यहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू,अन्य स्थानका सहयोगी दाताहरुबाट संकलन गरेर प्रदान गरेका छन् ।

तस्बिर :

दोरम्बा गाउँपालिका ।

 

 

प्रकाशित: समय: 11:58:09  732पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार