रेडक्रस ठैंव उपशाखालाई विभिन्न दाताहरुबाट नुहाउने साबुन र जीवन जल हस्तान्तरण


तामाङपेज संवाददाता ।

ललितपुर ।

बाढीपहिरो लगायत दैवीप्रकोपबाट पीडितहरुको लागि राहत मिलोस भन्ने सेवा भावले विभिन्न दाताहरुले नेपाल रेडक्रस सोसाइटी ठैंव उपशाखालाई बिहिबार नुहाउने साबुन र जीवन जल प्रदान गरेका छन् ।

गोदावरी खोलाक्षेत्र सरसफाई अभियानका अभियन्ता सुबोध थापाले तामाङपेजसँग कुराकानी गर्नुहुँदै गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी संयोजक मुख्य अभियन्ता बेबी राजभण्डारी थापा,अभियन्ताहरु दिलेन्द्र थापा,एन.बी.लिम्बू,दिलिप थापा,शिबराज पोखरेल,राजकुमार के.सी.बाट दुईसय थान जीवनजल र ठैंवका स्थानिय समाजसेवी राजेन महर्जन तथा शान्ति महर्जनले पाँचसय थान नुहाउने साबुन नेपाल रेडक्रस सोसाईटी ठैंव शाखा का सभापति हरि महर्जनलाई हस्तान्तरण गरेको जनाउनु भएको छ ।

प्रकाशित: समय: 11:01:37  514पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार