विपद क्षति मुल्यांकन समितिले महाँकाल गाउँपालिकाको ६ वटै वडाको अनुगमन ,निरिक्षण सम्पन्न : बाढीपहिरोबाट भएको क्षतिको प्रतिवेदन समितिलाई बुझाउने

: रामचन्द्र खतिवडा संयोजक विपदको क्षती मुल्यांकन समिति ,महाँकाल गाउँपालिका,ललितपुर ।

श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।अविरल वर्षातका कारण बाढीपहिरोले धन,जन,सम्पत्ति र सार्वजनिक निकायहरुको क्षतिको विवरण संकलन गर्न महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालको अध्यक्षतामा गाउँपालिकास्तरिय विपद व्यवस्थापन समितिको श्रावण १ गते बसेको बैठकले इलाका प्रशासन कार्यालय गोटिखेल ललितपुरका इलाका प्रशासन प्रमुख रामचन्द्र खतिवडाको संयोजकत्वमा महाँकाल गाउँपालिका स्तरिय विपदको क्षती मूल्याकंन समितिमा महाँकाल गाउँपालिका अधिकृत रामचन्द्र ढकाल,पशु स्वास्थ्य प्राविधिक दीपकप्रसाद दुलाल,टुंगुन इलाका प्रहरी कार्यालय प्रहरी नायव निरिक्षक रामबालक ठाकुर ,नेपाल रेडक्रस सोसाईटी स्वास्थ्य प्रबर्द्धन प्रमुख राजाराम श्रेष्ठ,राष्ट्रिय पुननिर्माण प्राधिकरण महाँकाल-२ मानिखेल सव ईन्जिनियर जीवन लाप्चालाई सदस्य  र महाँकाल -५ चन्दनपुर वडासचिव सदस्य सचिव रहने गरि समितिको गठन गरेको थियो ।

समितिका संयोजक खतिवडाको नेतृत्वमा गठीत विपदको क्षती मूल्याकंन समितिले श्रावण ३ गते बिहान ७ बजे महाँकाल -१ बुखेलमा वडा कार्यालय,स्वास्थ्य कार्यालय लगायतको निरिक्षण ,अनुगमन ,छलफल वडा अध्यक्ष खोमप्रसाद गौतम,जनप्रतिनिधिहरु सँग गर्यो भने श्रावण ४ गते महाँकाल -२ मानिखेलको कतवनमा वडाअध्यक्ष सन्चमान स्याङतान तामाङ लगायतका जनप्रतिनिधिहरु र स्थानिय वासिन्दाहरुसँग छलफल गरेर बाढीपहिरोबाट पीडितहरुको विवरण संकलन गरेका थिए ।

दक्षिण ललितपुरको केन्द्र विन्दुमा पर्ने महाँकाल गाउँपालिका वडा नं.३ गोटिखेलको धामिडाँडा लगायतमा समितिका प्रतिनिधिहरु ,वडाअध्यक्ष गंगाराम तिमल्सिना लगायतले बाढीपहिरोबाट क्षती भएका स्थलहरु ,स्थानिय वासिन्दाहरुको घर,गोठ ,बारी ,मोटरबाटोको समेत अनुगमन र निरिक्षण गर्नु भएको थियो ।

विपदको क्षती मूल्याकंन समितिका संयोजक एवं इलाका प्रशासन गोटिखेलका इलाका प्रशासन प्रमुख रामचन्द्र खतिवडाले महाँकाल-१,२ र ३ मा रहेका बुखेल,मानिखेल ,गोटिखेलको अनुगमन तथा निरिक्षण गर्दा बुखेलमा पानमाया लो ,सन्दीप लो ,अविरल गोले तामाङको मृत्यु भएको बाढीपहिरोकाकारण ,बुखेल कोसिवनडोलका कुखुरा व्यवसायीहरुको पाँचहजारभन्दा बढी कुखुरा मरेको,बुखेल,मानिखेल,गोटिखेलसम्मको अध्ययन,अनुगमन,निरिक्षण गर्दा स्थानिय वासिन्दाहरुको घर,गोठ,खेतबारी लगायतका भौतिक सम्पत्ति ,सामुदायिक ,निजि विद्यालयहरुको भवनमा क्षती पुर्याएको जनाएका छन् ।

समितिले श्रावण ६ गते महाँकाल-४ को कालेश्वरको चौतारीडाँडामा स्थलगत निरिक्षण र वडा कार्यालयमा वडाअध्यक्ष शान्ता गौतम,वडाका जनप्रतिनिधि ,स्थानिय वासिन्दा,बाढीपहिरो पीडितहरुसँग छलफल गरि विवरण संकलन गरेको थियो ।

टोलिले श्रावण ७ गते महाँकाल-५ चन्दनपुरको ससिवाभन्ज्याङमा बाढीपहिरोले पुर्याएको क्षतीको विवरण संकलन तथा वडाअध्यक्ष खोमप्रसाद दहाल,वडाका जनप्रतिनिधिहरु ,स्थानिय वासिन्दाहरुसंग छलफल गरि विवरण संकलन गरेको समितिका सदस्य सचिव एवं वडासचिव गंगाप्रसाद तिमल्सिना बताउनु भयो।

विपदको क्षती मूल्याकंन समितिले श्रावण ८ गते महाँकाल-६ ठुलादुर्लुङमा वडाका वडाअध्यक्ष रामकृष्ण आचार्य,वडाका प्रतिनिधिहरु,स्थानिय वासिन्दाहरुलाई सम्मिलित गराई वडाकार्यालयमा छलफल तथा सिलिङ्गेमा बाढीपहिरोबाट क्षतीभएका स्थलहरुको निरिक्षण,अनुगमन तथा अध्ययन गरि विवरण संकलन गरेको थियो।

समितिले श्रावण ३ गतेबशुक्रबारदेखि शुरु गरेको विवरण संकलन ,अनुगमन ,निरिक्षण,अध्ययन,छलफल भने श्रावण ८ गते बुधबार पहिलो चरणको कार्य सम्पन्न भएको अब केही दिनभित्रमा नै महाँकाल गाउँपालिका विपद व्यवस्थापन समितिलाई संकलित विवरणको प्रतिवेदन बुझाउने तयारी रहेको विपदको क्षती मूल्याकंन समितिका संयोजक एवं इलाका प्रशासन कार्यालय गोटिखेलका इलाका प्रशासन प्रमुख रामचन्द्र खतिवडाले तामाङपेजसँगको सम्पर्क जानकारी गराएका छन् ।

तस्बिर :

रामचन्द्र ढकाल

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 9:25:17  564पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार