पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेछु : बाबुकाजी प्रधान,प्रदेश सदस्य प्रदेश नं.३ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ललितपुर ।


श्याम तामाङ,तामाङपेज ।

ललितपुर ।

उमेरले सात दशक यात्रा गरि सकेका राजधानी काठमाडौंको उपत्यकामा राजनितिक वृत्तमा बाबुकाजी प्रधान चर्चित नाम हो । वि.सं.२००७ सालताका ललितपुरको धापाखेलमा जन्मिनु भएका प्रधान ,विशेष गरि आफ्नो बुबाको प्रेरणाले बुबालाई तत्कालिन धापाखेल गाउँ पन्चायतको प्रधानपन्चमा पराजय गराएपछि बुबाले राजनितिमा लाग्नु पर्छ जीतहार हुन्छ बाबू भन्नू हुन्थ्यो तामाङपेजसँग कुराकानी गर्ने क्रममा बाबुकाजि प्रधानले विगतलाई कोट्याउन थालें।

आफ्नो बुबा तीनपटकसम्म धापाखेलको प्रधानपन्चमा विजयी भएर राजनिती गरेको ती दिनलाई सम्झेर आफुपनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धापाखेलको प्रधानपन्चमा विजयी भएर बुबाको राजनितिक बिंडो थामेको बताउनु भएको छ ।

नेपालको चर्चित व्यापारी विनोद चौधरीको कम्पनीले उत्पादन गरेका सामग्रीहरुको होलसेलर भएर व्यवसायमा हात हालेको ,आफुले त्यस्बाट नैं आर्थिक आय आर्जन गरेको बताउनु हुँदै आफुहरुको पारिवारीक वातावरण दुई छाक ,बिहान ,बेलुका खाना पुगेको परिवार हो भन्दै आफ्नो जीवनको राजनितिक यात्राका पोकाहरु फुकाउदै राजनितिक यात्राका तिता मिठा अनुभवहरु यसरी सुनाएँ ।

ललितपुरका पुराना नेता एवं पुर्व शिक्षा मन्त्री केशरबहादुर बिष्टको कारणले राप्रपा लागेको तर बिष्टको कारणले नेपाली काङ्ग्रेसमा लाग्दा लाग्दै त्यो पार्टी परित्याग गरि पुन : राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्केर एमालेसँग तालमेल गरेर एमालेका तत्कालिन जिल्ला विकास समिति ललितपुरका सभापति हाल ललितपुर जिल्ला क्षेत्र नं.२ (क) प्रदेश सभा सांसद माधव पौडेलसँगै आफू जिविस ललितपुरको उपसभापति भएर विगतमा ललितपुरमा गरेका विकास सवालमा विशेष गरि मोटरबाटो निर्माण,स्कुलहरुको स्थापना,खानेपानीमा वाग्मती जलाधार आयोजना जस्ता कार्यक्रमहरु गरेको बताएका छन् ।

पटक – पटक मन्त्री हुनुभएका केशरबहादुर बिष्टको पछि पछि लाग्दा आफुलाई पनि राजनितिमा स्थिर नभएको भान भइ रहेको बताउनु हुँदै कता – कता मनमा असहज स्थिति उब्जेको बाबुकाजी प्रधानले बताउनु भयो ।

होईन जे जस्तो भएपनि पुर्ब मन्त्री बिष्टले लाग्नु भएको राजनितिक बाटोलाई छोडनु हुन्न भनेर पुर्व मन्त्री केशरबहादुर बिष्टसँगै राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालमा लागि परेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सहमहामन्त्रीको जिम्मेवारी सम्हाल्नु भयो।

स्थानिय निकायको निर्वाचनमा होमिएको कुरालाई भने यसरी राख्नु भयो -बाबुकाजी प्रधानले २० वर्षपछि भएको स्थानिय निकायक्क नेतृत्वमा रहेर काम गर्नु पर्छ भनेर पुन राप्रपा नेपालको केन्द्रीय अध्यक्ष कमल थापाले एक्कासी अब ललितपुर र काठमाडौंमा एमाले र राप्रपा नेपालबीच सहकार्य भएको छ,अब तपाईं ललितपुर महानगरपालिकामा उपमेयर राप्रपा नेपालको तर्फबाट र मेयरमा हरिकृष्ण ब्यन्जनकार एमालेबाट हुनुहुन्छ ,अब चुनाबमा होमिनु पर्छ भनेर राप्रपा नेपालका अध्यक्ष थापाले निर्देशन दिनु भएपछि केही राप्रपा नेपालका बदमास नेताले एमालेलाई राप्रपा नेपालले भोट दिदैन भनेर राजनितिक टिकदम गरेपछि करिब १६ हजार मत बदर भएकोले आफुले १२ हजार मत मात्र आफ्नो पकटको ल्याएको जनाए।

आफुलाई त्यसरी राजनितिक रुपमा अन्त्य गर्न षड्यन्त्र भको तितो अनुभव सुनाउँदै बाध्य भएर ललितपुरका पुर्व सांसदहरु शुशिला नेपाल,मिठ्ठाराम शर्मा बजगाई ,नेताहरु हरिकृष्ण ब्यन्जनकार,मधुसुदन पौंडेल,माधब पौंडेल,श्यामकृष्ण सिलवाल लगायतका नेताहरुसँग र मेरो घर,परिवारसँग सरसल्लाह गरेर वर्तमान प्रधानमन्त्री एवं तत्कालिन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको हातबाट टीका लगाएर राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रबेश गर्नु भएको बताउनु भयो ।

त्यसपछि बामगठबन्धनका संघीय सांसद र प्रदेश सभा सांसदहरुलाई विजयी गराउन आफू निरन्तर रुपमा लागेको फलस्वरुप ललितपुरमा तीनवटै क्षेत्रमा प्रतिनिधि र प्रदेश सभाका सांसदहरु जिताउन सफल अनुभुती सुनाएँ ।

राजनितिमा स्वच्छ छविका कहलिएका नेता बाबुकाजीप्रधानलाई केही महिना अघि सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले ललितपुर जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश नं ३ को प्रदेश सभाको जिम्मेवारी प्राप्त गर्नु भएको छ ।

अहिले उमेरले ७० वर्ष पार गरेपनि ३५/४० वर्षको युवा अवस्था गरि राजनितिक यात्राको क्रममा हिडेको छु ,अझैपनी पार्टीले जिम्मेवारी दिएमा शशक्त भुमिका खेलेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई ललितपुरमा खम्बाको रुपमा उभ्याउने बाताबरण तयार गर्न लाग्नेछु भन्नू हुँदै उमेरको हदबन्दी प्रयोग गरेर राजनितिलाई निषेध गर्ने काम नहोस भन्नू हुँदै वर्तमान ललितपुर जिल्लाका निर्वाचित प्रतिनिधि सभा,प्रदेश सभाका सांसदहरु र स्थानिय निकायमा निर्वाचित जनप्रतिनिधिहरुले चुनावी घोषणा पत्र,जनतासँग घरदैलोमा पुगेर बाचा गरेका ती प्रतिवद्धताहरुलाई पूरा गर्नुपर्नेमा ध्यानाकर्षण गर्नुहुदै फेरि पनि संघिय,प्रदेश र स्थानिय निकायहरुको निर्वाचन आउने भएकाले त्यस्लाई मध्य नजर गरेर कार्य गर्नुपर्नेमा तामाङपेजसँगको भेटघाटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं.३ का प्रदेश सदस्य,पुर्व जिविस उपसभापति एवं नेता बाबुकाजि प्रधानले जनाएका छन् ।

 

 

 

 

प्रकाशित: समय: 23:44:39  783पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार