श्री लगनशील सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट सवारी दुर्घटनामा परेका सन्दिप वाईवाको उपचार्थ आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता।

चितवन । केहीदिन अघि सवारी दुर्घटनामा परेका सन्दिप वाईवा तामाङको उपचार्थ श्री लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाको तर्फबाट बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ।

सामाजिक अभियन्ता जुनु लामाकानुसार उक्त सहकारी संस्थाकी शेयर धनी सदस्य सुकुमाया वाईवा तामाङको सुपुत्र समेत भएका वाईवाको उपचारमा आर्थिक अभाव भएपछि उपचार्थ मेडिकल कलेज चितवनमा पुगी स्वास्थ्य लाभको कामनासहित रु.१६ हजार २ सय २० रुपैयाँ आर्थिक सहयोग गरेको बताएकी छिन् ।

प्रकाशित: समय: 17:26:32  655पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार