श्याम तामाङ ,तामाङपेज,काठमाडौं ।
दक्षिण कोरिया । ललितपुर जिल्ला महाँकाल गाउँपालिका वडा नं.३ गोटिखेलका वासिन्दा लक्ष्मणप्रसाद घिमिरेले केही दिन अघि दक्षिण कोरियामा रहेको सिउल नेशनल युनिभर्सिटीबाट उर्जा नीतिमा विद्यावारिधी उतिर्ण गर्नु भएको छ ।
तामाङपेजसंग कुराकानी गर्नुहुँदै घिमिरेले नेपालमा विधुतिय उर्जामा गाडीहरुको अवस्था,उर्जा नीतिका सवालमा आफुले विद्यावारिधी गर्नु भएको जनाएका छन् ।
गोटिखेलका वासिन्दा ३६ वर्षे युवा लक्ष्मणप्रसाद घिमिरेले विद्यावारिधी पिएचडी गर्नु भएको खबरले दक्षिण ललितपुर ,ललितपुरवासी खुशी भएको खबर प्राप्त भएको छ ।