तामाङपेज संवाददाता ।
रामेछाप। दोरम्बा गाउँपालिका कार्यपालिका सदस्य धनमाया थिङ तामाङ(मीना) विगत लामो समयदेखि क्यान्सर पीडित हुन् ।
काठमाडौंस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार्थ धनमायाको उपचार्थ दोरम्बा गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष खडगबहादुर श्रेष्ठले वडावासी र साथीभाई र सहयोगीहरुको तर्फबाट संकलन गरिएको आर्थिक सहयोग रकम रु.५३ हजार १ सय ३५ रुपैयाँ रकम सहयोगी दाताहरुको उपस्थितिमा बुधबार प्रदान गरिएको जनाएका छन् ।
दोरम्बा गाउँपालिकाको कार्यपालिका सदस्यको समेत नेतृत्व सम्हाल्नु भएका धनमाया थिङ तामाङ ,विगत लामो समयदेखि क्यान्सरबाट थलिएकी धनमायाको उपचार काठमाडौं क्यान्सर सेन्टरमा भइ रहेको छ ।