वाग्मती गाउँपालिकाले ढुंगाले लागि सख्त घाईते कान्छा घलेको उपचार्थ नगद एक लाख प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

अविरल वर्षातका कारण गत असार २६ गते चापागाउँबाट घर जाने क्रममा कान्तिलोपथको वाग्मती गाउँपालिका वडा नं.३ भट्टेडाँडा भालुखोला नजिक पहिरोमा पैदल यात्रा गर्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर वाग्मती गाउँपालिका वडा नं. ४ प्युटारका कान्छा घले सख्त भएका थिए ।

सख्त भएका घाइते घलेको उपचार ललितपुरको नक्खुमा रहेको मेडिसिटी अस्पतालमा चिकित्सकहरुको विशेष टोलिले गर्दै आएको थियो। सो टोलिले टाउमा विशेष सल्यक्रिया सफलतापुर्वक गरेको छ ।

बुधबार वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले सख्त घाईते कान्छा घलेको उपचारका लागि वाग्मती गाउँपालिकाको तर्फबाट नगद रु.१ लाख आर्थिक सहयोग प्रदान गरेको वाग्मती गाउँपालिकाका प्रेस संयोजक दीपक घिमिरे समिरले तामाङपेजसँगको सम्पर्कमा जानकारी दिएका छन् ।

तस्बिर :

दीपक घिमिरे समिर

प्रकाशित: समय: 22:36:02  718पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार