तामाङपेज संवाददाता ।
ललितपुर । यस जिल्लामा सुन्तला र कागतीको मूल्य शृङ्खला प्रवर्द्धन कार्यक्रम अन्तर्गत महाँकाल गाउँपालिका वडा नं.१ बुखेल,वाग्मती गाउँपालिका वडा नं.५ इकुडोल र कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुका फलफुल खेती गर्ने कृषकहरुलाई इकास नेपालको आयोजनामा एफएडिभी नेपालको सहयोगमा बुधबार शंखुस्थित भकारीडाँडामा बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
इकास नेपालका कार्यक्रम संयोजक नारायण न्यौपानेले तामाङपेजसँग कुराकानी गर्नुहुँदै विगतदेखि हालसम्ममा ललितपुर जिल्लामा सुन्तला ,कागतीका ११ हजार भन्दा बढी बिरुवा वितरण गरि सकेको जनाउँदै यो पल्ट बुखेल,इकुडोल र शंखुका फलफुल खेती गर्ने कृषकहरुलाई २ सय २५ थान सुन्तला र ६१ थान कागतीको बिरुवा प्रदान गरेका छन् ।
बिरुवा वितरण कार्यक्रममा महाँकाल-१ बुखेल वडाअध्यक्ष खोमप्रसाद गौतम ,कोन्ज्योसोम-२ शंखु वडाअध्यक्ष ध्रुव घिमिरे,एफएडिभी नेपाल निर्देशक सन्तोष के.सी.जनप्रतिनिधि ,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो।