तामाङपेज संवाददाता ।
सर्लाही । नेपाल सरकार ,जेष्ठ नागरिक,महिला तथा समाज कल्याण मन्त्री थममाया थापामगरले बाढीपहिरो र डुबान पीडितहरुको पिडाबाट नेपाल सरकार निकै नैं चिन्तित रहेको बताइन् ।
रेडियो सर्लाहीका संचारकर्मी श्याम तामाङकानुसार मन्त्री थापामगरले महोत्तरी हुँदै सर्लाही र रौतहटको विभिन्न स्थानहरुमा बाढीपहिरो र डुबानस्थलहरुको निरिक्षण तथा बाढीपहिरो डुबानबाट पीडितहरुको अवस्थाका बारे प्रत्यक्ष जानकारी लिनुहुँदै बुधबार हरिवन-४ सासापुरमा राहत सामग्री प्रदान गर्दै आफू मर्माहित भएको बताउनु भएको छ ।
पीडित ब्यक्तिको सुरक्षा र बसोबासको लागि सरकार चिन्तित रहेको बताउनु हुँदै मन्त्री थापामगरले भनिन् – प्रभावकारी रुपमा राहत प्रदान कार्यका लागि स्थानियस्तरमा रहेका गैंरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरंसरकारी संस्थाहरुको सहकार्यमा एकद्वार प्रणालीबाट राहत प्रदान गर्ने काम भैरहेको छ।
वाग्मती सेवा समाज नेपाल हरिवन र रिलिफ नेपालले पनि हरिवन नगरपालिका वडा नं.४ का डुबानमा परेर पुर्ण र आंशिक क्षति पुगेका १० घरपरिवारहरुलाई राहतमा चामल,चिउरा,दाल,नुन,तेल,झुल,म्याट,चटाई,बाल्टिन,जग,साबुन लगायतका सामग्री प्रदान गरेका छन् ।
संस्थाले एक घरपरिवार बराबर ४ हजार ३ सय ७५ रुपैयाँका दरले राहत सामग्री प्रदान गरेको समाजका पुर्वअध्यक्ष निरज भण्डारीले जानकारी दिए।