तामाङपेज संवाददाता।
ओमान । नेपाल तामाङ समाज ओमानका प्रतिनिधि धावा तामाङको संयोजकत्वमा सन्तोष तामाङ बचाउँ अभियानका लागि संस्था,प्रतिनिधिहरुबाट संंकलन गरिएको रकम मंगलबार नेपाल तामाङ समाज ओमानका अध्यक्ष तेज तामाङले प्रदान गर्नु भएको छ ।
भोजपुर जिल्ला ,षडानन्द गाउँपालिका वडा नं.६ स्थायी घर भइ हाल झापा जिल्लाको आदर्श माविमा कक्षा -८ मा अध्ययनरत छात्र सन्तोष तामाङको दुबै मृगौला फेल भएर हाल काठमाडौं मेडिकल कलेज अत्तरखेलमा उपचार गराई रहेको पारिवारिक श्रोतले जनाएका छन् ।
आर्थिक अवस्था कमजोर भएकाले नेपाल तामाङ समाज ओमानबाट संकलित रु.३० हजार रुपैयाँ समाजका अध्यक्ष तेज तामाङले मृगौला पीडित सन्तोषका दिदिलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा प्रदान गरेको नेपाल तामाङ समाज ओमानकी सचिव रिना तामाङले बताएकी छिन् ।
तस्बिर :
बज्जिका पत्रकार संघ ओमान
नेपाल तामाङ समाज ओमान