कोन्ज्योसोम-२ शंखुका वडाअध्यक्ष घिमिरेद्वारा बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर।

अविरल वर्षातका कारण महाँकाल -१ बुखेलका पानमाया लो ,सन्दीप लो र अविरल गोले तामाङले ज्यान गुमाएका थिए ।

ज्यान गुमाएका मध्ये पानमाया लो ,सन्दीप लो तामाङको बसोबास रहेको महाँकाल गाउँपालिका बुखेलस्थित खरिडाँडा ,कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुको पनि सिमाना पर्छ ,बाढीपहिरोबाट पिडितको नागरिकता बुखेल भएपनि बसोबास शंखुमा पर्दछ ।

कोन्ज्योसोम-२ शंखुका वडाअध्यक्ष ध्रुव घिमिरेले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट प्राप्त त्रीपाल एक थान, कम्बल दुई थान र वडा कार्यालय शंखुबाट एक बोरा चामल शंखु म्हानेचौंरमा बाढीपहिरोबाट निधन भएका पानमाया लो तामाङका छोराहरुलाई मानविय हिसाबले प्रदान गर्नु भएको छ ।

राहत प्रदान गर्नुहुँदै तामाङपेजसँगको कुराकानीमा वडाअध्यक्ष घिमिरेले बाढीपहिरोबाट ज्यान गुमाएका परिवार,घरवस्ती जोखिममा परि घरबार बिहिन ,बाढीपहिरोबाट पीडितहरुलाई राज्यले न्यायोचित राहत तथा पुनर्वासको व्यवस्था गर्नु पर्ने बताएका छन् ।

 

 

प्रकाशित: समय: 15:32:46  609पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार