धादिङ तावलकी माया थोकर तामाङ:मोडलिङको क्षेत्रमा व्यवसायिक फड्को मार्दै


श्याम तामाङ ,तामाङपेज ,काठमाडौं ।

धादिङ ।

विशेष गरि धादिङ,नुवाकोट र रसुवा लगायतका जिल्लाहरुमा तामाङ समुदायमा चर्चित गीत हो म्हेन्दोमाया,दोरा नाँच ,साईखोले त्यस भेगका तामाङ जन जनको जीवनसँग जोडिएको छ ।

विगत ,वर्तमानलाई हेर्ने हो भने धेरै अन्तर छ ।म्हेन्दोमायाको लय र तालमा ,कतिपयले त समय र परिस्थितिको माग हो भन्दै आधुनिक र्याप र पप शैलिमा समेत म्हेन्दोमाया गीतलाई त्यो शैलिमा स्वरवद्ध गरि ल्याई सकेका छन् ।

म्हेन्दोमाया गीत अहिले सर्वत्र फैलिएको छ ,सयौं गायक,गायिका,लेखक,संगीतकार ,मोडल ,नायक ,नायिकालाई  जन्माई सकेको छ ।

धादिङ ,नुवाकोट,रसुवा मात्र नभै टुँडिखेलको ल्होछार महोत्सवमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म बहराईन,दुबई ,कतार,कुवेत,मलेसिया जस्ता मुलुकहरुमा समेत म्हेन्दोमाया गीतले बजार लिई सकेका छन् ।

के म्हेन्दोमाया गीत जस्तो तरिकाले गाएपनि हुन्छ,भेषभुषा जस्तो प्रयोग गरेपनि हुन्छ ,लय, ताल जे भएपनि हुन्छ यस्बारे एकिन या खोजविन हुनुपर्छ कि पर्दैन् ? त्योबारे भने सरोकारवालाहरुले ध्यान दिनु पर्ने देखिन्छ नैं।म्हेन्दोमाया गीतबाट नैं आफ्नो मोडलिङ क्षेत्र कलाकारितालाई शुरु गरेकी हुन्

– मोडल माया थोकर तामाङले ।

धादिङ जिल्ला ,गंगाजमुना गाउँपालिका वडा नं.१ स्थित रि तावल गाउँमा बुबा माला थोकर र आमा पुर्णिामा गोम्जा तामाङको कोखमा विं.सं.२०५४ असार १३ गते माया थोकर तामाङको जन्म भएको हो ।धादिङ जिल्लाको उत्तरी क्षेत्रको अती विकट स्थान तावल गाउँमा जन्मेकी मायाको बचपनदेखिनैं गीत ,संगीतप्रती रुचि थियो । परिवारमा एक भाइ सौंरभ थोकर ,बहिनी सम्झना थोकर तामाङ गरि मायाको एक बहिनी र भाइ रहेका छन् ।

औंपचारिक शिक्षामा प्लस टु सम्म गरेकी मायाले आफ्नो जन्मभुमिको नामबाट नैं राखिएको पहिलो तामाङ म्हेन्दोमाया लयको गीतको म्युजिक भिडियो हाम्रो त गाउँघर सेरोफेरो ,क्या राम्रो हाम्रो तावल गाउँ,म्हेन्दोमाया नाँचिन्छ भन्ने म्युजिक भिडियोमार्फत विं.सं.२०७३ मा मोडलिङ क्षेत्रमा यात्रा गरेकी हुन् ।

यही यात्राले चर्चाको शिखरमा पुग्न सफल भएकी माया थोकर तामाङले तामाङपेजसँगको कुराकानीमा बताएकी छिन् ।

हालसम्ममा म्हेन्दोमाया गीत ,तामाङ सेलो जस्ता म्युजिक भिडियोहरु तावल गाउँ,ल्होछार मेला,एकादशी मेला,ब्योनतेन छामे,केसिङ दोङबोजे जस्ता गीतहरुमा मोडलिङ गर्दै म्हेन्दोमाया तथा तामाङ गीत ,संगीतमा छुट्टै पहिचान बनाएकी मोडल माया थोकर तामाङले उत्कृष्ट म्हेन्दोमाया मोडलको सम्मान ,उत्कृष्ट तामाङ सेलो मोडल अवार्ड ,सम्मान पत्र लगायतबाट पनि विभुषित हुनु भएको छ ।

तामाङपेजसँगको एक अर्को प्रश्नमा मोडल माया थोकर तामाङले पारिश्रमिकको  सवालमा भने आजको दिनसम्म समझदारीमा लिने गरेको,म यो मेरो क्षेत्र मोडललिङको क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाउने हिसाबले लागि परेको छु ,म शिक्षा र मोडलिङ क्षेत्रलाई अगाडि बढाउँदै लाने मेरो उद्धेश्य छ ,हेरौं कहाँसम्म पुगिन्छ,तामाङपेजसँगको कुराकानीमा बताएकी छिन् ।

 

मोडल माया थोकर तामाङले अभिनय गरेको पहिलो म्युजिक भिडियो तावल गाउँ,यो म्युजिक भिडियो हेर्नुहोस त !

प्रकाशित: समय: 14:38:56  1355पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार