तामाङपेज संवाददाता ।
ललितपुर ।
सातोदोबाटो,सानो हात्तिवन,हरिसिद्धि,ठैव हुँदै गोदावरीक्षेत्रसम्मको मोटरबाटोको अवस्था एकदम नाजुक छ ।
सो मोटरबाटोको स्तर उन्नति,मर्मत सुधारका लागि स्थानिय वासिन्दाले सरोकारवाला निकायहरुमा ढोका घच घच्याईएको पनि वर्षौ बित्न थालेपछि स्थानिय वासिन्दाहरु आन्दोलनमा उत्रने चेतावनी भएपछि बुधबार ललितपुरमा प्रतिनिधि सभाका सांसद नवराज सिलवाल,प्रदेश सभा सांसद राजकाजी महर्जन ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार,प्रदेश नं.३ का नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सदस्य मधुसुदन पौंडेल,श्री गोविन्द महर्जन,महेन्द्र श्रेष्ठ,जिल्ला,स्थानिय नेतृत्वहरु,स्थानिय वडाहरुका जनप्रतिनिधिहरु र सरोकारवालाहरु मोटरबाटोको सम्बन्धमा छलफल गरेका छन् ।
प्रतिनिधि सभाका सांसद सिलवालले तामाङपेजसँग कुरा गर्नुहुँदै सातदोबाटो ,हात्तिवन,हरिसिद्धि,ठैवदेखि गोदावरीसम्मको मोटरबाटो निर्माण ,मर्मत सुधार जस्ता यावत मोटरबाटो सम्बन्धि कार्य संचालन गर्न स्थानिय वासिले हदैसम्मको सहयोग गर्नुपर्ने,सो मोटरबाटो सहज रुपमा निर्माण कार्य सम्पन्न गर्नको लागि आफुले विशेष पहल गरि रहेको बताउनु भएको छ । मोटरबाटोको सवालमा गरिएको छलफलमा सरोकारवालाहरुको सहभागिता रहेको थियो।