मानेभञ्ज्याङ गाउँपालिका उपाध्यक्ष एवं काङ्ग्रेस नेतृ राई अस्वस्थ: नेशनल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा उपचार हुँदै


तामाङपेज संवाददाता ।

ललितपुर ।

ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष ,नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं काङ्ग्रेस नेतृ सविता राई अस्वस्थ हुनु भै मंगलबारदेखि ललितपुरको हरिसिद्धिमा रहेको नेशनल क्यान्सर अस्पतालमा भर्ना हुनु भएको छ ।

उपाध्यक्ष राई अस्वस्थ हुनु भएको खबरले शुभचिन्तक ,राजनितिक दलका नेताहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेपाली राजनितिमा क्रियाशिल एक सबल नेतृको रुपमा स्थापित मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगाका उपाध्यक्ष सविता राई,अस्वस्थ हुनु भएको खबरले तामाङ सर्भिस सेन्टरका प्रबन्ध निर्देशक शाहिकुमार तामाङ,लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले चिन्ता ब्यक्त गर्नु हुँदै शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

उपाध्यक्ष राईको वरिष्ठ चिकित्सकहरुको निगारानीमा नेशनल क्यान्सर अस्पताल ,हरिसिद्धिमा बेड नं.३१३ नं. मा उपचार भइ रहेको छ ।

प्रकाशित: समय: 11:41:44  565पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार