रिगसाङलिङ बौंद्ध गुम्बा निर्माण गर्न इजरायलबाट आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता,काठमाडौं ।

इजरायल । लामो समयदेखि वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा कार्यरत युवा समाजसेवी दलबहादुर तामाङको नेतृत्वमा इजरायलमा रहनु भएका नेपाली दाजुभाई ,दिदिबहिनीहरु,कालिम्पोङ,दार्जीलिङ  रहनु भएका एक बहिनी र आफ्नो ब्यक्तिगत सहयोग रकम संकलन गरेर रश्मिकुमारी तामाङको नाममा नुवाकोट जिल्ला ,मेघाङ गाउँपालिका वडा नं.२ बुङताङ,मैबोलस्थित रिगसालिङ बौंद्ध गुम्बा निर्माण गर्न  सोमबार मनिट्रान्ससफरमार्फत सहयोग  रकम प्रदान गरेका छन् ।

 

इजरायलमा रहनु भएका युवा समाजसेवी दल तामाङले गुम्बा निर्माण गर्न रु.१ लाख १६ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग नेपाल पठाएको जनाउनु भएको छ ।

प्रकाशित: समय: 1:00:33  495पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार