अविरल वर्षात,बाढीपहिरोले अवरुद्ध बुखेलको मुख्य सडकको निर्माण कार्य सम्पन्न

शाखा सडकहरुपनि निर्माण हुँदै

तामाङपेज संवाददाता।

ललितपुर ।

अविरल वर्षातका कारण गएको बाढीपहिरोले अवरुद्ध महाँकाल गाउँपालिका वडा नं.१ बुखेलको मुख्य मोटरबाटोको निर्माण कार्य मंगलबार सम्पन्न भएको छ।

स्थानीय युवा एवं नेपाल प्रहरीका पूर्व हवालदार बाबुलाल बम्जन तामाङकानुसार महाँकाल -३ गोटिखेल हुँदै महाँकाल -२ मानिखेलको मानिखेल बजार ,बोल्दे र महाँकाल -१ बुखेलको सोसिवनडोल बुखेल ,सिमढंगादेखि खरिडाँडासम्मको मुख्य सडकको अवरुद्ध हटाउन सकेको र अब बुखेल छ्यासिडाँडा लगायत अन्य शाखा मोटरबाटोहरुपनि खुलाउन प्रयास भइ रहेको जनाएका छन् ।

बाढीपहिरोले अवरुद्ध मोटरबाटो खुलाउन महाँकाल गाउँपालिकाले विशेष पहल गरेको छ भने स्थानीय युवा,स्थानीय वासिन्दाहरु,वडाका वडाअध्यक्ष लगायतका महानुभावहरु पनि खटिरहनु भएको छ।

प्रकाशित: समय: 0:34:23  562पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार