गजल :

फानु लामा चिन्ता नेप्टी चितवन ,हाल: इजरायल ।

सहन सक्ने क्षमताले मर्छ मन तिम्रो 

जिन्दगानी यस्तायस्तै टर्छ भन तिम्रो।।

 

बलजफत गरेर केही नहुने रछ संसार

आफै हो भन्नू नपर्ने गर्छ रहन तिम्रो।।

 

कहिले यता कहिले उता बसाई सराईले 

वारि गाउँ पारी शहरको सर्छ उन तिम्रो।।

 

रमझमसँगै यो जिन्दगी बिताउँदै जानुछ

संघर्ष मै दिन बिताउन कर्छ सहन तिम्रो।।

 

एकदिन तोकेको दिनलाई बिदाई गर्दै 

जानुछ यो धर्ती छोडी लर्छ तन तिम्रो।।

प्रकाशित: समय: 0:03:56  618पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार