गोकर्णेश्वरमा दान हस्तान्तरण कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता।

काठमाडौं । गोकर्णेश्वर नगरपालिका धार्मिक समितिको आयोजनामा धर्मो रक्षती रक्षती भन्ने मुलनाराकासाथ सोमबार गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा दान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

छ्योर्तेन मासिक पत्रिका सहसम्पादक एवं  संचारकर्मी अमित लामाकानुसार उक्त कार्यक्रममा गोकर्णेश्वर-८ का वडाअध्यक्ष मनोज ढुंगाना,सनातन वैधिक धर्मका प्रकाण्ड विद्धान प्रा.डा.ॠषिराम पोखरेल,गोकर्णेश्वर महादेव मन्दिरका मुल पुजारी जगदिश भट्ट,श्री चामुण्ड माविका सहप्राचार्य गुणराम आचार्य,सामाजिक अभियन्ता एवं दानवीर दीपकसिंह भण्डारी,वाग्मती सरसफाई अभियन्ता नानिकाजि गिरी,गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका उपाध्यक्ष घलेबा पुडासैनी,सचिव केदार सुवेदी,वडा सचिवहरु,सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा समाजसेवी एवं दानवीर दीपकसिंह भण्डारीले रु.१ लाखको चेक आर्थिक सहयोग गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका संयोजक दिवाकर भण्डारीलाई प्रदान गरेका थिए।

 

 

 

 

प्रकाशित: समय: 23:40:53  410पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार