लेलेस्थित तिलेश्वर तथा मनकामना मन्दिरलाई श्री भैरव गणद्वारा बेञ्च प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर । गोदावरी नगरपालिका वडा नं.५ लेलेमा रहेको प्रसिद्ध तिलेश्वर र मनकामना मन्दिरलाई नेपाली सेना श्री भैरव गणका गणपति एवं प्रमुख सेनानी रणबहादुर खड्काले मंगलबार एक/ एक थान बेञ्च प्रदान गर्नु भएको छ ।

श्री भैरव गणका गणपति एवं प्रमुख सेनानी खड्काले मन्दिरमा दर्शन गर्न आउनुहुने धर्मलम्बिहरुलाई बस्नको लागि सहजहोस भन्ने उद्धेश्यले नेपाली सेनाको श्री भैरव गणको तर्फबाट बेञ्च प्रदान गर्नु भएको जनाएका छन् ।

 

प्रकाशित: समय: 23:08:36  703पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार