गोदावरीका युवा नेता तथा नायक घिमिरेद्वारा उपचारका निमित्त लामालाई आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता ।

ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरका जिल्ला सदस्य ,चपली हाईट चलचित्रका नायक एवं सामाजिक अभियन्ता गोदावरीका राज घिमिरेले बनेपाको एक अस्पतालमा उपचार गराई रहेकी चम्पा लामाको उपचारका निमित्त आर्थिक सहयोग सोमबार प्रदान गरेका छन् ।

केही दिन अघि घाँस,दाउरा हर्ने क्रममा रुखबाट खसेर कम्बरभन्दा मुनिको भाग नचल्ने र उपचार खर्च धेरै लाग्ने भएकाले उपचारका आर्थिक अभाव भएपछि युवा नेता ,नायक एवं सामाजिक अभियन्ता घिमिरेले रु.१० हजार ,सन्तोष तामाङबाट रु.२ हजार र पासाङ ब्लोन तामाङले रु.१ हजार रुपैयाँ  चम्पा लामाको उपचारको लागि सहयोग गर्नु भएको छ ।

आर्थिक अभाबका कारण चम्पा लामाको उपचारमा कठिनाई भएकाले उपचारका निमित्त सहयोगको लागि पारिवारिक श्रोतले सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 22:47:30  620पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार