कोन्ज्योसोम गाउँपालिका अध्यक्ष सिंतानको नेतृत्वमा बाढीपहिरोबाट क्षतिग्रस्त शंखु र दलचोकीका विभिन्न स्थानको निरिक्षण तथा अनुगमन


तामाङपेज संवाददाता,ललितपुर।

अविरल वर्षातका कारण कोज्योसोम गाउँपालिका वडा नं.२, शंखुको लाकुरीभन्ज्याङ ,वडा नं.३ को दलचोकी सिलिङ्गेको गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको नेतृत्वमा खटिएको टोलिले बाढीपहिरोबाट क्षति भएका मोटरबाटो,अन्य स्थलहरुको निरिक्षण तथा अनुगमन आईतबार गरेका छन् ।

गाउँपालिका अध्यक्ष सिंतानले तत्काल अवरुद्ध मोटरबाटो खुलाउन ,निर्माण गर्न निर्देशन समेत दिएको कोन्ज्योसोम गाउँपालिका श्रोतले जनाएको छ ।

बाढीपहिरोबाट क्षतिग्रस्त स्थलहरुको निरिक्षण ,अनुगमनमा कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामा,कोन्ज्योसोम-२ शंखु वडाअध्यक्ष ध्रुव घिमिरे,कोन्ज्योसोम-३ दलचोकी वडाअध्यक्ष तिलक बम्जन तामाङ,कोन्ज्योसोम इलाका प्रहरी कार्यालय चौंघरे प्रहरी नायव निरिक्षक नरेन्द्र बडु,कर्मचारीहरु,जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

तस्बिर:

एल.कुमार तामाङ

 

 

प्रकाशित: समय: 20:36:14  581पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार