गायिका शशि पुन देशारको तिज गीत फरीया फर्कियो म्युजिक भिडियो सार्वजनिक


तामाङपेज संवाददाता।

ललितपुर।नेपाली गीत सङ्गीत क्षेत्रमा छोटो समयको अवधिमा नैं चर्चा गाउन सफल गायिका हुन् – शशि पुन देशार ।
बाल्यकालदेखि नैं गायन ,नृत्य ,उदघोषणमा रुचि राख्नु भएकी गायिका पुनको जन्म थलो दाङ भएपनि कर्म थलो भने ललितपुरको झरुवारासी पर्दछ ।

वि.सं.२०७२ सालमा जान्छु भागेर भन्ने लोकदोहोरी गीतबाट नेपालको लोक सङ्गीत तथा गायनको क्षेत्रमा औंपचारिक रुपमा देखा पर्नु भएका गायिका शशि पुन देशारको दोश्रो प्रस्तुति भने तीज गीत घुम्दैछु आयो भन्ने बोलको गीत गत वर्ष तीजको अवसरमा सार्वजनिक गरेकी हुन् ।

नाँच्न ,गाउन ,उदघोषण र अभिनय गर्न रुचि राख्नु हुने गायिका पुनको स्वर ,अभिनय,शब्द रहेको छ भने मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

यस गीतमा लय,स्वर पुर्ण बुढामगर,एरेन्जर कमल सौंराग,मोडलमा सन्दीप न्यौपाने र शशि पुन देशारको रहेको नेपाली महिला दिदिबहिनिहरुको महान पर्व तीजलाई मध्य नजर राखेर आईतबार युट्युव च्यानलमार्फत फरीया फर्कियो नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायिका शशिपुन देशारले तामाङपेजसँग कुराकानी गर्नुहुँदै फरीया फर्कियो म्युजिक भिडियोले दर्शक ,श्रोताहरुको मन जित्न सफल हुने दाबी गरेकी छिन् ।

फरीया फर्कियो म्युजिक भिडियो हेर्नुहोस।

प्रकाशित: समय: 17:44:50  1093पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार