एनआरएनए जापानको युवा उपाध्यक्षमा नारायण खड्काको उम्मेदबारी घोषणा


टोकियो

गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल सन् २०१९-२०२१ का लागि युवा उपाध्यक्षको पदमा नारायण खड्काले आफ्नो उम्मेदबारीको घोषणा गरेका छन्।

करिब १५ बर्ष पहिले अध्ययनका लागि जापान आउनु भएका खड्का हाल जापानको एक प्रतिष्ठित इन्जीनियरिंग कम्पनीमा कार्यरत हुनु हुन्छ । पेशाले इन्जीनियर खड्का बिगत सन् २००६ साल देखिनै प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनआरएनए जापानको अभियानमा सहभागी हुँदै आउनुभएको छ । सामाजिक पृष्ठभूमिबाट हुर्किएका खड्का नेपालमा समेत NGO संचालन गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।

बि.स.२०७२ सालमा नेपालमा गएको महा भूकम्प जाँदा आफैं नेपाल गई १ बर्ष नेपालमैं बसी भूकम्प पीडित नेपालीहरुको दुःखको घाउमा मलम पट्टि लगाउने काममा सक्रिय रहँदै आफुले काम गर्ने कम्पनी र व्यक्तिगत सहयोगमा प्रभाबित क्षेत्रमा गएर ६५ वटा घर ४ वटा बिद्यालय पूननिर्माण गरी हस्तान्तरण गर्नुभएको थियो। सामाजिक कार्यबाट नै आत्मा सन्तुष्टि प्राप्त हुन्छ भन्ने मनोभाबनाका खड़का एनआरएनए जापानको २०१७-१९ को कार्यसमितिमा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भई आफ्नो जिम्मेबारी कुशलता पूर्वक पूरा गरिसक्नु भएको छ।

पेशाले इन्जीनियर खड्काको उद्देश्य एनआरएनए मार्फत जापानमा रहेका सबै खाले नेपाली युवाहरुलाई समेटी राष्ट्र निर्माणको अभियानमा सिप र बिज्ञान प्रबिधि ट्रान्सफर गर्दै युवा सहभागितामूलक समाजको निर्माणमा आफू उन्मुख हुने प्रतिबद्धता सहित आफूले युवा उपाध्यक्षमा उम्मेदबारी घोषणा गरेको बताएका छन्।

प्रकाशित: समय: 17:39:51  402पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार