नेपाल शिक्षक संघका राष्ट्रिय उपाध्यक्ष एवं काङ्ग्रेस नेता घिमिरेद्वारा धापाखेलमा बाढीपीडितलाई सहयोग गर्न समितिका अध्यक्ष राईलाई आर्थिक सहयोग प्रदान


तामाङपेज संवाददाता।
ललितपुर।अविरल वर्षातका कारण के गाउँ,के शहर ,के तराई प्राय सबैमा स्थानमा धेर,थोर जनधनको क्षतिभएका खबरहरु दिनप्रतिदिन प्राप्त भइ रहेका छन् ।

राजधानीको नजिकैको जिल्ला ललितपुरमा त देशैभरमा सबभन्दा बढी ६ जनाको मृत्यु बाढीपहिरोका कारण भएको छ ।
ललितपुर महानगरपालिका वडा नं.२४ धापाखेलमा नेपाल शिक्षक संघका राष्ट्रिय उपाध्यक्ष एवं नेपाली काङ्ग्रेसका नेता शुदर्शन घिमिरेको सक्रियतामा मंगलबार धापाखेलमा बाढीपहिरोका कारण क्षतिग्रस्त स्थलहरुको अवलोकन र टोलमा गठीत पशुपति टोल सुधार समितिका पदाधिकारीहरु,बाढीपहिरो पीडितहरु र स्थानिय वासिन्दाहरुसँग भेटघाट तथा छलफल समेत गर्नु भएको छ ।

काङ्ग्रेस नेता एवं नेपाल शिक्षक संघका राष्ट्रिय उपाध्यक्ष घिमिरेले पशुपति टोल सुधार समितिका अध्यक्ष कर्णबहादुर राईलाई बाढीपहिरोबाट पीडितलाई सहयोग गर्न रु.२० हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

सो आर्थिक सहयोग प्रदान कार्यक्रममा नेपाल विद्यार्थी संघका ललितपुर जिल्ला सदस्य सुजन संजेल,नेपाली काङ्ग्रेस धापाखेल सभापति देवराज लामिछाने ,नेपाल तरुण दल धापाखेल सभापति रत्न महर्जन ,स्थानिय वासिन्दाहरु लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: समय: 13:42:25  557पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार