नेपाली राजदुतावास बहराइन नियोग-उपप्रमुख पाण्डेको बिधाई र नियोग उपप्रमुख घिसिङलाई नेफिनद्वारा भब्य स्वागत


तामाङपेज संवाददाता ।

बहराइन ।नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) बहराइनको आयोजनामा नेपाली राजदुतावास बहराइनका राजदुत पदम सुन्दासको प्रमुख आतिथ्यमा बहराइनमा बिधाई तथा स्वागत कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद मध्यपुर्वी एसिया उपाध्यक्ष एवं बहराइन तामाङ सेवा समाजका अध्यक्ष सोनम दोङ तामाङका अनुसार नेपाली राजदुतावास बहराइनका नियोग उपप्रमुख खगराज पाण्डेलाई बिधाई र नवनियुक्त उपप्रमुख अरुणा घिसिङ तामाङलाई स्वागत नेपाल आदिवासी जनजाती महासंघ बहराइन र महासंघसँग आवद्ध छ वटा जातिय संस्थाहरुको संयुक्त आयोजनामा गरेका छन् ।

जातिय संस्थाका प्रतिनिधिहरु,अन्य सहभागिहरुको उपस्थिति रहेको उक्त समारोह नेपाल आदिवासी जनजाती महासंघ बहराइनका अध्यक्ष झहर थेवेको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रकाशित: समय: 12:38:10  1112पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार