नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मुस्ताङको जिल्ला ईन्चार्जमा श्रीमाया थकालीलाई जिम्मेवारी


तामाङपेज,संवाददाता।
मुस्ताङ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आईतबार सम्पन्न सचिवालयको बैठकले ७७ वटै जिल्लाको जिल्ला ईन्चार्ज ,सह ईन्चार्ज ,महानगरपालिकाको ईन्चार्ज लगायतको जिम्मेवारी प्रदान गरेको लिष्ट सार्वजनिक गरेका छन् ।

एउटै जिल्लामा १० जनासम्म सह इन्चार्जको जिम्मेवारी तोकेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सचिवालयले मुस्ताङमा भने लामो समयदेखि राजनितिमा सक्रियताका साथ लागि पर्नु भएकी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य श्रीमाया थकालीलाई जिल्ला ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

केन्द्रीय सदस्य एवं मुस्ताङ जिल्लाका जिल्ला ईन्चार्ज थकाली तत्कालिन नेकपा एमाले मुस्ताङ जिल्लाको सदस्य ,उपसचिव,सचिव,धौंलागिरी अञ्चल ईन्चार्ज,सांसद,व्यवस्थापिका संसद सदस्य,राष्ट्रिय सभाका सांसद,आठौं नेकपा एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्य ,वैकल्पिक पोलिटब्युरो सदस्य,नवौं महाधिवेशनबाट पोलिटब्युरो सदस्य हुँदै हाल तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र एकीकृत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय सदस्य जस्तो महत्वपुर्ण जिम्मेवारी रहनु भएर नेपाली राजनितिमा छुट्टै खालको राष्ट्रिय छवि कायम गर्न सफल भएकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आईतबार सम्पन्न सचिवालय बैठकले मुस्ताङ जिल्लाको जिल्ला ईन्चार्जमा श्रीमाया थकालीलाई जिम्मेवारी प्रदान गरेका छन् ।

प्रकाशित: समय: 10:08:54  693पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार